आलमलाई चोख्याउने न्यायाधीश छानबिनमा तानिए
रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरु छानबिनमा तानिएका छन् ।
आज बसेको न्याय परिषद् बैठकले उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई छानबिन गर्ने निर्णय गरेको हो । इँटाभट्टामा जिउँदै मान्छेलाई जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका आलमसहित प्रतिवादीलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्धय थारु र महर्जनले सफाइ दिएका थिए ।
सोको चर्को आलोचना हुनुका साथै परिषद्मा उजुरीसमेत परेको थियो । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंहका बुवा नारायणसिंह राजपूत र सिन्धुलीका युजराज सफलले उजुरी दिएका थिए । साथै, न्यायाधीश थारुमाथि कालोमोसोसमेत प्रहार भएको थियो ।
टिप्पणीहरू