चितवनमा सुपरपावर नक्कली भेटियो

चितवनमा सुपरपावर नक्कली भेटियो

हिजो दिउँसो भरतपुर महानगरपालिकामा एउटा पसलबाट अवैध सुर्तीजन्य पदार्थ बरामद भएको प्रहरीले बताएको छ ।

भरतपुर–७ मनकामना टोलस्थितमा सहदेव थापा मगरले सञ्चालन गरेको शुभश्री स्टोरमा अवैध सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कुर्मीको कमाण्डमा पुगेको प्रहरी टोलीले उक्त पसलमा अभिनव सुर्ती उद्योग प्रा.लि. सितापाइलाले उत्पादन गर्ने चक्का सुपरपावर सुर्तीको प्याकेट जस्तो देखिने नक्कली प्याकेट र सो प्याकेटमा प्रयोग गरिने राजस्वको स्टिकरसमेत नक्कली राखी बिक्री वितरण गरेको अवस्थामा फेला परेको कार्यालयका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
 
चक्का सुपर पावर ४७ प्याकेटसहित २३६८ पिस (राजस्व स्टिकर नक्कली रहेको) र झुम्का सुपर पावर ३८ प्याकेट र ४४ पिससमेत १९४४ पिस (राजस्व स्टिकर नरहेको) बरामद गरी पसलबाट एकजनालाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले  जनाएको छ ।

टिप्पणीहरू