नारायणीमा बगेका व्यक्तिको जीवितै उद्धार
नारायणी नदीमा बगिरहेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज दिउँसो भरतपुर महानगरपालिका–१ स्थित नदीमा बग्दै आएका अन्दाजी ४०–५० वर्षीय पुरुषको जीवितै उद्धार गरिएको हो ।
नदीमा मानिस बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सहायक निरीक्षक (असई) गंगाराज गोले लामाको कमाण्डमा खटिएको टोली उनको सकुशल उद्धार गर्न सफल भएको सशस्त्रका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए ।
उनका अनुसार ती व्यक्तिको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ‘उद्धारलगत्तै उहाँलाई भरतपुर अस्पताल लगिएको थियो । अहिले अवस्था सामान्य छ,’ प्रवक्ता धौवजीले भने ।
यद्यपि, ती व्यक्तिको पहिचान भने खुल्न नसकेको उनले बताए ।
टिप्पणीहरू