प्रदेशमा पनि च्यातियो बजेट पुस्तिका
गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन् ।
बजेटले म्याग्दीलाई सम्बोधन गर्न नसकेको भन्दै उनले आजको प्रदेश सभा बैठकमा बजेटको किताव च्यातचुत पारेका हुन् ।
पूर्व मन्त्रीसमेत रहेका जुग्जालीले ‘प्रदेशका अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दी भन्ने भूगोल पनि छ भन्ने थाहा छ कि छैन ?’ भन्दै आक्रोशपूर्ण प्रश्न गरे ।
‘थाहा छैन भने मैरे खर्चमा एकपटक अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु’, उनले भने, ‘त्यो साढे तीन करोड पनि चाहिएन, भौतिक मन्त्री ज्यू, मेरो भागमा परेको दुई करोड पनि फिर्ता लैजानुस्, सरकारको यो बजेट बहिष्कार गर्दै पीडित माननीयहरुको तर्फबाट म सभामुखको अनुमति लिएर यो पुस्तिका च्यात्न चाहन्छु, (च्यात्दै )।’
यसअघि संघीय संसदमा पनि विपक्षी दलका सांसदले बजेट पुस्तिक च्यातेका थिए ।
टिप्पणीहरू