काँग्रेस बैठक अब १६ गते

काँग्रेस बैठक अब १६ गते

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । असार १५ गते बस्ने भनिएको बैठक एक दिन पछाडि धकेलिएको हो। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक असार १६ गते दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए । बैठकको स्थान भने परिवर्तन भएको छैन । 

‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणबस उक्त बैठक ०८२ असार १६ गते सोमबारका दिन दिनको १ बजे बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू