सरकारलाई दिएको समर्थन फिर्ता लिने मूडमा उपेन्द्र
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएको छ ।
हिजो र अस्ति बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्न संसदीय दललाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको जसपा नेपालको निष्कर्ष छ । बैठकमा वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण दिदै आएको र सुशासन प्रत्याभुति दिलाउन नसकेको विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।
अब संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनबारे पुर्नविचार गरेर आधिकारिक निर्णय गर्नेछ ।

टिप्पणीहरू