विशेष अदालतमा शम्भुको बकपत्र शुरु

विशेष अदालतमा शम्भुको बकपत्र शुरु

अदालतको अवहेलनासम्बन्धी मुद्दा खेपिरहेका पत्रकार शम्भु श्रेष्ठ विशेष अदालत पुगेका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष तथा दृष्टि साप्ताहिक एवम् दृष्टि न्युज डटकमका सम्पादक श्रेष्ठको बकपत्र शुरु भएको छ ।

विशेष अदालतको इतिहासमा पहिलोपटक सबै छ जना न्यायाधीश सम्मिलित इजलास गठन गरेर मिडिया अदालतमाथि लगातार खनिएको मुद्दामा सुनुवाइ हुँदा उनीमाथि अदालतको अवहेलना भएकाले  तीन दिनभित्र जवाफ पेश गर्न आदेश भएको थियो । विशेष अदालतका कर्मचारीहरु नवराज सापकोटा,सागर भण्डारी, यज्ञराज रेग्मी,प्रमिला काफ्ले, गरिशा भट्टराईले दायर गरेको मुद्दामा न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर,तेजनारायण सिंह राई, रामबहादुर थापा,मुरारीबाबु श्रेष्ठ,रितेन्द्र थापा,विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको थियो । 

अदालतले तीन दिनभित्र जवाफ पेश गर्न मौका दिएकाले आज शम्भुले अदालतमा पुगेर आफ्ना कुरा राख्दै गरेका छन् । दृष्टि अनलाइनमा केही दिनअघि ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा थप समाचार प्रकाशित भएको थियो ।
 

टिप्पणीहरू