कृषिको कार्यक्रममा कृषि मन्त्री यता, परराष्ट्रमन्त्री उता

कृषिको कार्यक्रममा कृषि मन्त्री यता, परराष्ट्रमन्त्री उता

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज इटली जाने कार्यक्रम छ ।

उहाँ विश्व खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन रोम जान लाग्नुभएको हो ।​​​​​​​ भोलिदेखि छ दिनसम्म हुने सम्मेलनलाई मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि कृषिमन्त्री सहभागी हुने गरेको उक्त कार्यक्रममा यस पटक परराष्ट्रका केही कर्मचारी र अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी मन्त्री राणासँगै त्यहाँ पुग्दै छन् ।

टिप्पणीहरू