तीनकुनेपछि शंखमूलका संरचनामा डोजर
काठमाडौं महानगरपालिकाले बिना अनुमति बनाइएका अवैध संरचना भत्काउन थालेको छ ।
वडा नम्बर–१०, शंखमूलस्थित मापदण्डविपरीका संरचनामाथि महानगरले आज डोजर चलाएको छ ।
महानगर प्रहरी बलको नेतृत्वमा त्यहाँ पुगेको टोलीले नक्सा पास नगरिएका अस्थायी संरचना पूर्ण रुपमा हटाएको छ । सार्वजनिक जग्गा मिचेर र नक्सा पासबिना बनेका संरचना पछिल्लो समय धमाधम भत्काउने क्रममा महानगरको डोजर शंखमूल पुगेको हो ।
केही समयअघि वडा नम्बर ३२, तीनकुनेमा मापदण्डविपरीतका संरचनामाथि डोजर चलाइएको थियो ।
टिप्पणीहरू