प्रधानमन्त्रीद्वारा ट्रान्जिटमै भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ । स्पेन जाने क्रममा हिजो साँझ काठमाडौंबाट प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीले दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता गर्नुभएको बताइएको छ ।
उहाँहरु संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेन जाने क्रममा त्यहाँ भेट भएको हो ।
भेटवार्ताका क्रममा दुई देशबीच आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको जानकारी दिइएको छ ।
टिप्पणीहरू