समाजवादी प्रेस संगठनको ‘संकल्प’ विमोचन
नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन काभ्रेपलाञ्चोकद्धारा प्रकाशित ‘संकल्प’ मुखपत्र विमोचन भएको छ । विविध लेख समेटिएको मुखपत्र संगठनका केन्द्रीय अध्यक्ष शम्भुलाल श्रेष्ठसहितले हिजो बनेपामा एक कार्यक्रमबीच विमोचन गरेका हुन् ।
सो क्रममा उनले संकल्पबारे चर्चा गर्दै डिजिटल प्लेटफर्म हेर्ने र पुस्तक, पत्रपत्रिका पढ्ने सामग्री भएकोले यसको महत्त्व रहेको बताए । समारोहमा सहभागीहरुले पनि अनलाइनको जमानामा पठनीय किताब प्रकाशन गरिएकोप्रति खुशी व्यक्त गरे।
पछिल्लो समय समाजमा सकारात्मकभन्दा पनि नकारात्मक सूचना चाँडै फैलिने प्रवृत्ति रहेको जनाउँदै उनीहरुले समाजलाई सही बाटोमा ल्याउन पत्रकारहरु ऐक्यबद्ध भएर काम गर्नुपर्नेमा समेत जोड दिए ।
समारोहमा संगठनका जिल्ला तथा केन्द्रीय पदाधिकारी, नेपाल पत्रकार महासंघका पूर्व तथा वर्तमान पदाधिकारी, प्रेस चौतारी, प्रेस सेन्टर, राष्ट्रिय जनजाति पत्रकार महासंघलगायत काभ्रेमा क्रियाशील पत्रकार तथा संघसंगठनका पदाधिकारीहरु सहभागी भएका थिए ।
टिप्पणीहरू