मापसे गरेकी युवती नदीमा हाम फाल्नै लाग्दा ...

मापसे गरेकी युवती नदीमा हाम फाल्नै लाग्दा ... तस्बिर एआईको सहयोगमा

हिजो एउटी महिला नारायणी नदीमा हामफाल्ने प्रयासमा थिइन् । मध्याह्न करिब १२ बजे । चितवनको भरतपुर–१ नारायणी तीरमा अवस्थित आयुष्मा मोटरबोट नजिकबाट युवती नदीमा हामफाल्न लागेको सुइँको नजिकै रहेको वडा प्रहरी कार्यालयले पायो ।

तत्काल हवल्दार राजु खनालको कमाण्डमा टोली गएर मोरङ घर भई भरतपुर–१ पुलचोक डेरा गरी बस्ने अन्दाजी वर्ष २५/२६ की रितु कार्कीलाई नदीमा हेलिनबाट जोगाएको हो । 

त्यहाँबाट उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा लगिएको थियो । आफन्तलाई सम्पर्कमा ल्याई जिम्मा लगाउने प्रयास भइरहेको थियो । उनलाई हिजै साँझतिर नारायणगढमा उनी काम गर्ने साहुको जिम्मा लगाई पठाइएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनले मापसे गरेकी रहिछन्,त्यसैको आवेगमा आएर आत्महत्या प्रयास गर्न खोजेको देखिन्छ ।

टिप्पणीहरू