प्रदेश प्रमुखहरू एकैसाथ राष्ट्रपति निवासमा

प्रदेश प्रमुखहरू एकैसाथ राष्ट्रपति निवासमा

सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । 

आज बिहान राष्ट्रपति भवन शितल निवास पुगेर उनीहरुले भेटवार्ता गरेका हुन् । भेटमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेसका सुमित्रा सुवेदी भण्डारी, वागमतीका दीपकप्रसाद देवकोटा, गण्डकी प्रमुख डिल्लीराज भट्ट, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर, कर्णाली यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी भए । 

भेटका क्रममा प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएको बताइएको छ ।

टिप्पणीहरू