मीनबहादुरले मन फुकाए,गोमाको भविष्य सुनिश्चित

मीनबहादुरले मन फुकाए,गोमाको भविष्य सुनिश्चित

भक्तपुरको एउटा इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरस्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमाले ४ जीपीए हासिल गरेपछि गुरुङ र उनकी श्रीमती सावित्रीले एमबीबीएससम्मको अध्ययनमा लाग्ने खर्च व्यहोर्ने जनाएका छन् ।

गोमालाई भाटभटेनीको कार्यालयमा सम्मान गर्दै आज एक लाख रुपैयाँ नगद,एक थान ल्यापटप र सम्मानपत्र प्रदान गरिएको छ । सोही अवसरमा मीनबहादुरले उनलाई कक्षा ११ र १२ को अध्ययन माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा गराउने र सम्पूर्ण खर्च व्यहोर्ने  बताए । 

त्यसपछि गोमाको एमबीबीएससम्मको अध्ययन खर्च पनि व्यहोर्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू