अमेरिकामा नारायणकाजीको ‘ग्रिट एण्ड मिट’

अमेरिकामा नारायणकाजीको ‘ग्रिट एण्ड मिट’

अमेरिका भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लसएञ्जलसमा आयोजित ‘ग्रिट एण्ड मिट’ कार्यक्रममा सहभागी भएका छन् । लसएञ्जलसका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल र उनकी पत्नी विमलाले उपाध्यक्ष श्रेष्ठलाई त्यहाँका नेपाली नागरिकसँग भेटघाट गर्ने तारताम्य मिलाएका हुन् ।

सो क्रममा श्रेष्ठले नेपालको विद्यमान परिस्थिति, समृद्धिका राष्ट्रिय कार्यभार, गैर आवासीय नेपालीहलाई नागरिकताको वैधानिक व्यवस्था र विदेशमा रहेका नेपाली सामुदायसँग मुलुकले गरेको अपेक्षाबारे धारणा राखेको बताइन्छ ।

टिप्पणीहरू