मुलुकको इज्जत बढाउने काम गरेको छु : प्रधानमन्त्री

मुलुकको इज्जत बढाउने काम गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको क्रममा नेपालको इज्जत बढाउने काम गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुलाई आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउँदै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राम्रो छवि बनाएर फर्किएको बताउनुभयो ।  

स्पेनमा आयोजित ‘विकासका लागि वित्त’को चौथो अन्तराष्ट्रिय सम्मेलनमा ५० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको र सम्बोधनको क्रममा आफूले अन्तर्राष्ट्रिय विकासको लागि सहयोग तथा सहकार्यमा जोड दिएको प्रधानमन्त्रीको भनाइ छ ।

‘मैले सम्मेलनलाई गरेको सम्बोधनमा ती देशहरूले आर्थिक सामाजिक विकासमा भोगिरहेका चुनौतीहरूलाई उजागर गर्दै त्यस्ता चुनौतीहरूको सामना गर्न अझ बढी अन्तर्राष्ट्रिय विकास सहयोग तथा सहकार्य उपलब्ध गराउनुपर्ने विषय उल्लेख गरेको छु’, उहाँले भन्नुभयो, ‘अति कम विकसित मुलुकहरूको उन्नतिका लागि सेभिया प्रतिबद्धताको कार्यान्वयन एक कोशेढुंगा हुने बताउँदै यसको पूर्ण कार्यान्वयनमा जोड दिएको छु ।’

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

टिप्पणीहरू