लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने डाक्टरहरुको तयारी

लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने डाक्टरहरुको तयारी

चिकित्सकहरुको माग सम्बोधन गर्न तीन मन्त्री छलफलमा जुटेका छन् । सिंहदरबारमा स्वास्थ्यमन्त्री प्रदीप यादव, कानुनमन्त्री अजय चौरासिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल शुरु भएको छ ।

उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ हिजोदेखि सेवा ठप्प पारेर प्रदर्शनमा उत्रिएको छ । आज पनि चिकित्सकहरुले अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर ‘अस्तित्वको लडाइँ’ भन्दै प्रदर्शन गरिरहेका छन् ।

संघका अध्यक्ष डा. अनिल कार्कीले चिकित्सकहरुको लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने तयारी भइरहेको बताए । उनका अनुसार संघले देशभरका चिकित्सकहरुको लाइसेन्स संकलन गरेर एकमुष्ठ बुझाउने तयारी गरेको हो ।

टिप्पणीहरू