पोलिटब्युरो बैठकको समय धकेलियो, एमालेद्वारा पूर्व राष्ट्रपतिमाथि रोक
फाइल फाेटाे
नेकपा एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे सारिएको छ । पहिले बिहान ११ बजे भनिएको बैठक दुई घण्टा पछाडि धकेलिएको छ ।
पोलिटब्युरो बैठकमा नेतृत्वमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव लैजाने सहमति भएको छ । गएराति अबेरसम्म बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र नेतृत्वका लागि दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
आगामी भदौमा हुने विधान महाधिवेशनमा यसअघिको दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै सहभागी हुन पाउने निर्णयसमेत भएको छ । यसबाट पूर्व उपाध्यक्ष एवम् भूतपूर्व राष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुने सम्भावनामा रोक लगाइएको छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारीको संख्या घटाउने निर्णय गरेको छ । अब एमालेको पदाधिकारी संख्या १५ जना कायम हुने छ । विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुँदै छ ।
टिप्पणीहरू