बाढीले पाँचथरको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध
हिजोदेखिको निरन्तर वर्षाका कारण पाँचथरको हेवाखोलाको डाइभर्सनमा क्षति पुगेको छ । डाइभर्सन बगाएकाले पाँचथरका उत्तरी भाग र ताप्लेजुङमा यातायात अवरुद्ध भएको छ ।
जल तथा मौसम विज्ञान महाशाखाले इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्र र होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यसैगरी गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा भएको छ ।
लमजुङका बुझुङ र खुदीबजार, पर्वतको पञ्चासेमा वर्षा भइरहेको छ । पर्वतको मोदी खोलामा बाढी आएको छ । तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि वर्षा भइरहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
टिप्पणीहरू