चीनको भित्री मंगोलियामा ३५ औं नादम महोत्सव
चीनको भित्री मङ्गोलिया प्रान्तमा ३५ औं नादम महोत्सवको शुरु भएको छ । अस्तिदेखि सिलिन गोल लिगमा थालिएको महोत्सव मंगोलियाली परम्परा, सांस्कृतिक धरोहर र समृद्ध घुमन्ते जीवनशैलीको जीवन्त उत्सव हो ।
मंगोलियाली भाषामा “नादम“ को अर्थ “मनोरञ्जन र खेल“ हो । महोत्सवमा घोडा दौड, कुस्ती, धनुर्विद्या, संगीत र नृत्यको प्रदर्शन हुन्छ, जसले मङ्गोलियाली घुमन्ते संस्कृतिको विशिष्टता र समृद्धतालाई दर्शाउँछ । सन् २००६ मा राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिएका नादम महोत्सवले चीनभरिका पर्यटक र संस्कृतिप्रेमीहरूलाई आकर्षित गर्दै आएको छ।
यस वर्षको नादम महोत्सवमा परम्परा र आधुनिकताको मिश्रणलाई प्रस्तुत गरिएको छ । आगन्तुकहरूले मङ्गोलियन खेलकुदका अनुभवहरू, सम्पदा शिल्प, घाँसे मैदानको अनुपम दृश्य र पारिवारिक क्याम्पिङका आनन्दमा डुब्न सक्छन्।
सस्तो र सहज अनुभवको सुनिश्चितता गर्न, महोत्सवस्थलमा तीन सय स्वयंसेवकको टोली, निःशुल्क सटल बस सेवा र दिनभर सांस्कृतिक कार्यक्रम गरिएको छ ।
टिप्पणीहरू