विद्याको सदस्यताबारे जनआस्थाद्वारा अघिल्लै वर्ष न्युज ब्रेक

विद्याको सदस्यताबारे जनआस्थाद्वारा अघिल्लै वर्ष न्युज ब्रेक

पूर्व राष्ट्रपति तथा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे अनेकथरी चर्चा चलाइएको छ । भण्डारी सक्रिय राजनीतिमा अघि बढ्न उत्सुक भएसङ्गै उत्पन्न परिस्थितिलाई आफू अनुकूल बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थहरुद्वारा कहिले सदस्यता नवीकरण नै नभएको त कहिले पेण्डिङ्गको प्रचारबाजी गराइँदैछ।

तर विद्याको सदस्यता नवीकरण भएकोबारे जनआस्था साप्ताहिकले गत वर्ष ०८१ साल जेठ ३० गतेको अंकमै ब्यानर न्युज लेखेको थियो । वर्ष ३० अंक १४ मा ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा एमालेमा सदस्यता नवीकरण,चीन जाने तयारी अन्तिम चरणमा’ शीर्षक समाचार प्रकाशित भएको थियो । नयाँ बर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले २०८१ वैशाख १ गते विद्याको सदस्यता नवीकरण गर्नुभएको उक्त समाचारमा किटानी गरिएको थियो ।

सदस्यता नवीकरणको दुई सातापछि चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा विद्याले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको समाचारसमेत जनआस्थाले लेखेको थियो । विविध कारणबस् रोकिएको उहाँको उक्त साताव्यापी चीन भ्रमण गत जेठ १० गतेदेखि सम्पन्न भइसकेको छ । भ्रमणको क्रममा उहाँले एमाले टोलीको नेतृत्वको हैसियतमा चिनियाँ उपराष्ट्रपतिलगायत उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । 

त्यसबेला जनआस्थाले ब्रेक गरेको उक्त समाचारबारे एमाले नेताहरु कसैले पनि न हो भनेका थिए,न होइन नै भन्न सकेका थिए। 

यसरी जनआस्थाले आदरणीय पाठकहरुसामु पहिलो सूचना प्रस्तुत गर्दै खोजी पत्रकारितामा आफ्नो छुट्टै पहिचान राख्न सफल भएको छ । 
यसको निरन्तरतामा यहाँहरुको साथ र समर्थन सदा अपेक्षित छ ।

टिप्पणीहरू