कपडाबाट लासको पहिचान खुल्यो

कपडाबाट लासको पहिचान खुल्यो

हिजो राति ११ बज्नै लाग्दा चितवनको कालिका नगरपालिकामा एउटा लास भेटियो । चितवनकै राप्ती–११ बस्ने ५७ वर्षीय कृष्णबहादुर प्रजा कालिका नगरपालिका–९ शक्तिखोर जंगलमा मृत फेला परेका हुन् । 

गत असार २८ गते छोरीलाई भेट्न कालिका–९ शक्तिखोर गएका उनी ३१ गतेदेखि सम्पर्कमा नरहेको हराएको भनी प्रहरी चौकी जुटपानीमा निवेदन परेको थियो । खोजतलासको क्रममा शक्तिखोर जंगलमै हिजो राति सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

कपडाबाट पहिचान खुली निजको आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । स्थानीय जनप्रतिनिधिको रोहवरमा शव भरतपुर सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

टिप्पणीहरू