दोलखामा उत्पादित रायो सागमा अत्यधिक विषादी

दोलखामा उत्पादित रायो सागमा अत्यधिक विषादी

काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक विषादी भेटिएको छ । दोलखाबाट बिक्रीका लागि राजधानीमा ल्याइएको उक्त रागमा विषादी पाइएको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १७ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसमध्ये दोलखाबाट भित्रिएको रायो सागमा ८० दशमलब ९५९० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको समितिले जनाएको छ । 

उक्त सागलाई नष्ट गरिएको समितिको भनाइ छ । कालीमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ । 

यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्य योग्य ३५ देखि ४५ प्रतिशतसम्म रहेमा केही दिन राखेर खान मिल्ने र सोभन्दा बढी भेटिए खान अयोग्य मान्ने गरिन्छ ।

टिप्पणीहरू