विद्या रोकिँदा एमाले बलियो हुने विष्णुको ठहर
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिजोको निर्णयले आफ्नो पार्टीलाई फुटाउन खोज्नेहरूको सपना विफल भएको दाबी गरेका छन् ।
मुलुकको सर्वोच्च संस्था राष्ट्रपति पदमा रहिसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनी केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपछि एमाले विभाजन चाहनेको सपना तुहिएको उनले जिकिर गरे । पुष्पलाल स्मृति दिवसको अवसरमा बुटवलमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले विद्यालाई कसले उचालेको हो भन्ने प्रष्ट चैं पारेनन् ।
‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए’, विष्णुले भने, ‘तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामा तुषारापात भएको छ । पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिश गर्ने तत्वको सपना विफल भएको छ ।’
टिप्पणीहरू