सत्यवतीले पहिलो बेते गाईलाई दश हजार दिने

सत्यवतीले पहिलो बेते गाईलाई दश हजार दिने

गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । 

आर्थिक वर्ष २०८२–०८२ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पहिलो बेत ब्याउने गाईका लागि किसानलाई दश हजार रुपैयाँ दिने व्यवस्था गरेको हो । गाईपालन तथा संरक्षण कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम  ल्याइएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले सूचना जारी गर्दै कार्यक्रमको लाभ लिन २०८२ साउन १ गतेदेखि ०८३ असार १४ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा आवश्यक कागजातसहित रकम माग गर्न कृषक तथा फर्मलाई आह्वान गरेको छ । 

रकम प्राप्तिका निम्ति निवेदन, नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरा उल्लेख भएको कम्तीमा तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने फोटो, निवेदनको बैंक खाता भएको प्रतिलिपि र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्ट पेश गर्नुपर्छ ।

टिप्पणीहरू