रास्वपा र राप्रपाको बहिष्कार निरन्तर

रास्वपा र राप्रपाको बहिष्कार निरन्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरोध जारी राखेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राख्दै उनीहरुले आज ५९ औँ दिन पनि अवरोधलाई निरन्तरता दिएका हुन् । अन्य दिनजस्तै आजको प्रतिनिधि सभा बैठकमा पनि दुवै दलका सांसदले बोलेपछि  बहिस्कार गरेर हिँडे । 

आज बैठक सुरु भएलगत्तै सांसदहरुले भिजिट भिसा प्रकरणमा समिति गठनको मागलाई सरकारले प्राथमिकता नदिएको र दमनकारी ढंगले अघि बढिरहेको भन्दै नाराबाजी गरेका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको तर्फबाट तोसिमा कार्की र राप्रपाको तर्फबाट दीपकबहादुर सिंहलाई बोल्न समय दिए । उनीहरूले आफ्नो कुरा राखेपछि सबै सांसद बैठक हलबाट निस्किए । 

संसद अवरोध कायमै रहेको आज ५९ औं दिन हो । यसअघि नेकपा एमालेले ०७७ सालमा लगातार ९ महिनासम्म संसद अवरोध गरेको रेकर्ड छ । ०५७ सालमा ५७ दिनसम्म अवरोध गरेको थियो । त्यो रेकर्ड रास्वपा र राप्रपाले आज तोडेका छन् ।

टिप्पणीहरू