शपथपछि आधा घण्टामै मन्त्री बनेको खुलासा

शपथपछि आधा घण्टामै मन्त्री बनेको खुलासा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोष पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख कृष्ण घर्तीले सपथ गराएका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्रालय हेर्नेगरी हिजो मन्त्री नियुक्त गरेका थिए । त्यसअघि उक्त मन्त्रालयको जिम्मेवारी आचार्यले नै सम्हाल्दै आएका थिए । 

एक महिनाअघि मात्रै प्रतिपक्षमा रहेको लोसपा अचानक पुनः सरकारमा सहभागी भएपछि कार्यकर्ता अलमलमा देखिन्छन् । संसदीय दलका उपनेता कन्हैया बनियाले समेत हिजो पार्टी सरकारमा सहभागी हुन लागेकोबारे कुनै जानकारी नभएको बताएका थिए । एकाएक दलको नेता मन्त्री नियुक्त भएको खबर पाएकोमा उनीपनि अचम्भित बने । 

यसरी एक महिनामै लोसपालाई सरकारमा सहभागी हुनुपर्ने के बाध्यता आइपरेको होला ? भन्ने प्रश्नमा पार्टीकी प्रदेश सभा सदस्य हेमा बेल्वासे भन्छिन्, ‘पार्टीको हाइ कमाण्डबाट त्यस्तै निर्देशन आयो, हामीले त त्यसलाई कार्यान्वय गरेका मात्र हौँ ।’

सांसद बेल्वासेले पनि दलको नेता मन्त्री बन्न लागेको खबर आफूले अचानक पाएको बताइन् । ‘हिजो साँझ ५ बजेतिर नेतृत्वको निर्देशन आयो, साढे ५ बजेसम्म उहाँ मन्त्री नियुक्त हुनुभयो’, उनले सुनाइन् ।

टिप्पणीहरू