‘महिला प्रहरी सम्मेलन’ को जिम्मा एआईजी अधिकारीलाई

‘महिला प्रहरी सम्मेलन’ को जिम्मा एआईजी अधिकारीलाई

नेपाल प्रहरीले ‘महिला प्रहरी सम्मेलन’ आयोजना गर्ने भएको छ । लैंङ्गिक समानता र न्यायलाई मूल प्रवाहीकरण गर्ने लक्ष्यका साथ पहिलो पटक त्यस्तो सम्मेलन हुन लागेको हो । 

प्रहरी प्रधान कार्यालयले आउँदो भदौ ५ र ६ गते काठमाडौंमा दुई दिने महिला प्रहरी सम्मेलन गर्दैछ । सम्मेलनको व्यवस्थापनका निम्ति केन्द्रीय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । 

समितिको सदस्यमा अपराध अनुसन्धान विभागमै कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) सन्जिव शर्मा दास,वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराई,उपरीक्षक (एसपी) ऋषिराम कँडेल,कार्य विभागमा कार्यरत एसएसपी वसन्त रजौरे,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी एसएसपी तारादेवी थापा छन् । 

यस्तै,निर्देशनालयमै कार्यरत एसपी वसुन्धरा खड्कालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ सफलतापूर्वक सम्पन्न गराउन आयोजना र व्यवस्थापनको समग्र पक्षमा मार्ग निर्देशन गर्नको लागि तपाईंको संयोजकत्वमा देहायका प्रहरी अधिकृतहरु रहेको समिति गठन गरिएको छ । तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न गराउनहुन अनुरोध गरिएको छ,’ प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाद्वारा समिति संयोजक एआईजी अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू