थातथलो छाड्ने हायू परिवार, दोष धामीमाथि

थातथलो छाड्ने हायू परिवार, दोष धामीमाथि

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकाएक सम्पर्कविहीन भएपछि पोखरामा भेटिएका उर्मिला हायूका परिवारले धामीलाई दोष लगाएका छन् । घर, गाइवस्तुको बिजोग बनाउँदै बेपत्ता भएका उनीहरु धामीले थातथलो छाड्दा राम्रो हुने बताएकाले आफूहरु पोखरा आएको बताउँछन् । 

परिवारका सदस्यहरु बेलाबेलामा बिरामी भइरहने समस्या समाधानको लागि धामीले त्यहाँ नबस्न भनेको उनीहरुको भनाइ छ । तर, एकाएक गाउँलेलाई खबर नगरी, गाइबस्तुको बिजोग बनाउँदै थातथलो छाडेकोबारे उनीहरुले केही जनाएका छैनन् ।

पोखरा महानगरपालिका–३०, गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा हिजो बेलुकी भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा उर्मिलाका ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार धनबहादुर हराएका डेढ दर्जनमध्येका एक कमला हायूका श्रीमान् हुन् ।

टिप्पणीहरू