बागमतीमा तीन मन्त्रीको शपथ अलपत्र
बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ अलपत्र परेको छ । नेपाली काँग्रेसभित्रको आन्तरिक किचलोका कारण मुख्यमन्त्री बहादुरसिंह लामाले बिहान नियुक्त गरेका मन्त्रीहरूलाई शपथ खुवाउन नपाएका हुन् ।
हिजो भएको संसदीय दलको निर्वाचनमा पराजित भएका मुख्यमन्त्री लामाले आज बिहान गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकेका थिए ।
तर पार्टी केन्द्रले तत्काल शपथ नगराउन निर्देशन दिएपछि लामा रोकिन बाध्य भएको बताइएको छ । दलको नेता चयन गर्न आज संसदीय दलको निर्वाचन तोकिएको छ । मुख्यमन्त्री लामा र प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँ दुवैले उम्मेद्वारी दर्ता गराइसकेका छन् ।
टिप्पणीहरू