सांसदको प्रश्नमा आश्चर्य जनाउँदै आक्रोश

सांसदको प्रश्नमा आश्चर्य जनाउँदै आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले जे गर्दा पनि सुख नपाइने अवस्था आएको भन्दै संसद्को रोष्टमबाट आक्रोश जनाउनुभएको छ । भ्रष्टाचार रोक्न सरकारको प्रभावकारिता नरहेको भनी सांसदहरुले उठाएको प्रश्नमा प्रम आक्रोशित हुनुभएको हो ।

आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको जवाफ सांसदहरुलाई दिनुभयो । 

‘हामी आँखा चिम्लिएर हिँडिराख्या छैनौँ, फ्याट्ट झुक्किएर, सोच विचार नै नगरेर कतिपय मान्छेले के भन्छन् भने सरकार भ्रष्टाचारको पर्याय भएको छ’, उहाँले भन्नुभयो, ‘अनि एक दुई जना भ्रष्टाचारीलाई कारवाही गरेपछि फेरि उनीहरु नै भ्रष्टाचार भएको रहेछ त, छर्लङ्ग देखियो भन्छन्, के कारवाही नगर्दिए राम्रो ?’

ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने भन्दै गलत भाष्य नबनाउन पनि आग्रह गर्नुभयो ।

‘कारवाही नगर्दासम्म भ्रष्टाचार देखिदैन, गरेपछि भ्रष्टाचार त छ्यालब्याल रहेछ त नि भन्नेहरु छन्, तर म जानकारी गराउन चाहन्छु, कसैलाई छोडिन्न’, भन्नुभयाे, ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिदैन भनेको यही हो, अनि सरकार कसरी पर्याप हुन्छ ? बरु भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ, कसरी हुन्छ भ्रष्टाचारको पर्याय ?’

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा जाने लागेकोबारे पनि राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू