माओवादी कार्यालय बैठकले स्थायी कमिटीको एजेण्डा बनायो
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको कार्यालय बैठकले शुक्रबारदेखि बस्ने स्थायी समिति बैठकको एजेण्डा निर्धारण गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्नेछन् ।
त्यस्तै, समाजवादी मोर्चाको कामकारबाही र विस्तारबारे पनि बैठकमा छलफल हुनेछ । पार्टीभित्रको आन्तरिक एकता र नेताहरुको कार्यविभाजन पनि बैठकको एजेन्डामा परेको छ ।
पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने बिषय पनि स्थायी कमिटीमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू