मन्दिरमा खीर खान राप्रपाको निम्तो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि खीर खाने कार्यक्रम गर्न लागेको छ । ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।
नेपालीहरुले परम्परागतरुपमा मनाउँदै आएको साउन १५ गते खीर खाने प्रचलनको अवसरमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
लगनखेलस्थित बटुक भैरव मन्दिरमा दिउँसो ३ बजे हुने कार्यक्रममा सहभागी हुन पार्टी र भात्री संगठनको सबै तहका नेता-कार्यकर्तालाई निम्तो गरिएको छ।
नेपाली समाजमा साउन १५ गते खीर खाने प्रचलन रही आएको छ ।
टिप्पणीहरू