बढ्यो डिजेल,मट्टितेल र हवाई इन्धनको भाउ
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाउँदै डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा,पेट्रोलको मूल्य एक रुपैयाँ घटाइएको छ भने,डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर तीन रुपैयाँले वृद्धि भएको छ।
निगमका अनुसार,हवाई इन्धनको मूल्य पनि बढाइएको छ। अन्तर्राष्ट्रिय मार्गका लागि काठमाडौंमा हवाई इन्धनको मूल्य प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’मा बिक्री मूल्य कायम राखिएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत छ । समायोजित नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने जानकारी दिइएको छ।
टिप्पणीहरू