कतैको सडकमा राेपाइँ, कतै केराको बोट

कतैको सडकमा राेपाइँ, कतै केराको बोट

कोशी प्रदेशको राजधानी मोरङमा मुख्य सडकमा धान रोपेर स्थानीयले अनौठो शैलीमा विरोध जनाएका छन्। हुलाकी राजमार्गअन्तर्गत कटहरी गाउँपालिका–३ को कटहरी चोकस्थित सडक लामो समयदेखि मर्मत नहुँदा आक्रोशित स्थानीय महिलाहरूले आज बिहान सडककै खाल्डाखुल्डीमा राेपाइँ गरेका हुन् ।

बारम्बार सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीयले यस्तो कदम चालेका हुन्। सडक नबनाउँदाको पीडा पोख्दै उनीहरूले "अब त धान खेतीकै काम लाग्ने भयो" भन्दै व्यंग्यात्मक ढंगमा विरोध जनाए।

स्थानीयका अनुसार पाँच वर्षदेखि पटक–पटक बजेट आएको भन्दै प्रचार भए पनि सडक निर्माणको काम अघि बढेको छैन। सडकका खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढिरहेको र दैनिक यात्रा जोखिमपूर्ण बनेको उनीहरूको गुनासो छ।

यसअघि, दाङमा पनि सडक मरम्मतको माग गर्दै स्थानीयले खाल्डोमा केराको बोट रोपेरे विरोध जनाएका थिए। खाल्डाखुल्डी युक्त सडकप्रति जनस्तरबाट यस्ता प्रतिकारात्मक विरोध देशैभर फैलिँदै गएको देखिन्छ।

टिप्पणीहरू