रविको फोटोमा राखी बाँध्ने तयारी
सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा सजाय काटिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको ‘कट आउट’ फोटोमा राखी बाँधिने भएको छ । भोलि भैरहवा कारागार गेटअगाडिको मन्दिर प्राङ्गण र वनस्थलीस्थित घण्टीघरमा रक्षाबन्धन कार्यक्रमको आयोजना गरिएको छ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म राखि बाँध्ने क्रार्यकम रहेको रास्वपाले जनाएको छ । रास्वपाले उनको ‘कट आउट’ फोटोमा राखी बाँधेर अन्यायविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका रवि उक्त रकम धेरै भएको र आफू साधारण तारिखमा छुट्नुपर्ने जिकिर गरिरहेका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन ओदश दिएपछि उनी गत चैत २५ गतेदेखि भैरहवा कारागारमा छन् । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पुगेका रविमाथि राजनीतिक प्रतिशोध साँधिएको रास्वपाको दाबी छ । यता, रविले आफूलाई थुनामुक्त गर्न माग गर्दै बिगोबराबरको बैंक जमानत जिल्ला अदालतमा बुझाएका छन् ।
टिप्पणीहरू