ताप्लेजुङ गोल्डकपमा साहारा पोखरा बाहिरियो, रेडस्टार झापाको अग्रता

ताप्लेजुङ गोल्डकपमा साहारा पोखरा बाहिरियो, रेडस्टार झापाको अग्रता

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापाको रेडस्टार फुटबल क्लबले साहारा क्लब पोखरालाई २–० गोल अन्तरले पराजित गरेको छ । आजको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि, दोस्रो हाफको सुरुवातमै रेडस्टारले दुई गोल गर्दै जित पक्का गरेको हो ।

साहाराका खेलाडीले गोल फर्काउने धेरै प्रयास गरे पनि सफल हुन सकेनन् । स्थानीय मैदानमा राम्रो लयमा देखिएको रेडस्टारसँगको हारसँगै साहारा प्रतियोगिताबाट बाहिरिएको छ । लाखेजात्राको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल साउन ३१ गते शनिबार हुने छ।

प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख पचास हजार ८२ रुपैयाँ नगद पाउनेछन् । आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १५० सिसी क्षमताको यामाहा मोटरसाइकल प्रदान गरिनेछ ।

टिप्पणीहरू