एमाले अफिसमा भूमिसम्बन्धी चर्चा
नेकपा एमालेको भात्री संगठन भूमि अधिकार तथा श्रमिक संगठनले देशमा विद्यमान भूमि समस्या समाधानबारे छलफल गरेको छ ।
ललितपुर-९ च्यासलस्थित पार्टी मुख्यालयमा 'भूमिको समस्या समाधानमा आयोग एवं सरोकारवालाको भूमिका' विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो । एमाले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको कार्यक्रममा सो पार्टीका नेता-कार्यकर्ता उपस्थित छन् ।
भूमि समस्या समाधान आयोगको अध्यक्ष तथा एमाले लुम्बिनीका नेता हरिप्रसाद रिजाल, भूमिहीन सुकुम्बासी संगठनका अध्यक्ष शान्ता चौधरीसहित डेढ सय कार्यकर्ता कार्यक्रममा सहभागी रहेको बताइएको छ ।
टिप्पणीहरू