विद्या भण्डारीको सम्पर्क कार्यालयमा एमालेका वरिष्ठ नेताहरू
पार्टी प्रतिवन्धका बाबजुत सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्नुभएको छ ।
काठमाडौँको थापागाउँमा उहाँले भर्खरै सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ । कार्यालय उद्घाटन समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य बाबुराम थापा लगायत सहभागी छन् ।
पूर्व राष्ट्रपति भण्डारीले रिवन काटेर कार्यालयको उद्घाटन गरेसँगै अहिले मन्तव्य राख्नेक्रम चलिरहेको छ । त्यसअघि एमाले नेता-कार्यकर्ता र शुभचिन्तकलाई मदन भण्डारीको पुरानो भाषण सुनाइएको थियो ।
पूर्व राष्ट्रपतिको सम्पर्क कार्यालय भए पनि औपचारिक रूपमा भने मदन भण्डारी फाउन्डेसनको नामबाट सन्चालन गरिनेछ ।
तस्बिरहरु







टिप्पणीहरू