बालेनविरुद्ध आन्दोलन थप चर्किँदै
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध कवाड व्यवसायीहरूले आन्दोलन चर्काएका छन् । उनीहरूले आज जुलुससहित महानगरको कार्यालय घेराउ गरेका छन् ।
भृकुटीमण्डपमा भेला भएका कवाड व्यवसायीहरू कमलादी हुँदै महानगरको कार्यालय पुगेका थिए । मेयर बालेनले कवाड व्यवसायीहरूलाई तानाशाही प्रवृत्ति देखाएर ज्यादती गरेको उनीहरूको आरोप छ।
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘श्रमको सम्मान गर’, ‘गरि खान देऊ’, ‘अदालतको निर्णयको सम्मान गर’ लगायतका नारा लगाएका थिए।
करिब दुई वर्षदेखि आन्दोलनरत कवाड व्यवसायीहरूले यसअघि गृहमन्त्री रमेश लेखकलाई भेटेर महानगरको आतंक बन्द गराइदिन ध्यानाकर्षण गराएका थिए । तर त्यसयता पनि महानगरले विभिन्न ठाउँमा सञ्चालन हुँदै आएका कवाड पसलमा हस्तक्षेप गरेपछि व्यवसायीहरू पुनः आन्दोलित भएका हुन् ।
मेयर बालेनविरुद्ध सुकुम्बासीहरू पनि आन्दोलनमा उत्रिएका छन्।
तस्बिरहरु





टिप्पणीहरू