नक्सालबाट बेपत्ता प्रहरीको खोजी शुरु

नक्सालबाट बेपत्ता प्रहरीको खोजी शुरु

कुनै जानकारी बिना गैरहाजिर रहेका प्रहरी कर्मचारीहरुको खोजी शुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका डेढ दर्जन कर्मचारीलाई खोज्न थालेको हो । जसमा एक सहायक निरीक्षक, एक हवल्दार,चार सहायक हवल्दार, १० जवान, एक प्राविधिक हवल्दार र दुई कार्यालय सहयोगी छन् । 

नेपाल प्रहरी पहरा गण,गुल्म नम्बर ५,सामाखुशीका सहायक निरीक्षक दयाराम तामाङ्ग,वडा प्रहरी कार्यालय,सिराहाका हवल्दार पर्शुराम यादव, काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण मुख्यालय, त्रिपुरेश्वरका सहायक हवल्दार रुद्रबहादुर काउचा,नेपाल प्रहरी पहरा गण गुल्म नम्बर ४ का उमेशबहादुर सिंह,नेपाल प्रहरी विशेष सुरक्षा गण,महेन्द्रनगरका मानबहादुर चौधरी,प्रहरी चौकी, च्यास्मिटारका प्रदीप दनुवार बेपत्ता छन् । 

गैरहाजिर हुने जवानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत दिनेश वली,नेपाल प्रहरी पहरा गण,गुल्म नम्बर ३ का दन्तसिंह बोहोरा,काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण,गुल्म नम्बर २ का दिनेश कसाई, प्रहरी वृत्त, कीर्तिपुरका रतन राई, चक्र कुमाल, ईलाका प्रहरी कार्यालय, पथरीका सरोज चम्लागाईँ, जिल्ला प्रहरी कार्यालय, महोत्तरी अपराध अनुसन्धान तथा नियन्त्रण शाखाका कौलेश गिरी, कारागार सुरक्षा गार्ड, पर्साका जीवन नेपाली, प्रहरी चौकी पालीका उमेश खड्का र कारागार सुरक्षा गार्ड, कालिकोटका बेग महतारा रहेका छन् ।

 

त्यसैगरी, मधेश प्रदेश प्रहरी कार्यालय, सवारी शाखाका प्राविधिक प्रहरी जवान गणेश पण्डित पनि गायव छन् । मधेश प्रदेश प्रहरी गणका कार्यालय सहयोगी राजु मेस्तर र कारागार सुरक्षा गार्ड, नुवाकोटका सरोजकुमार राम पनि आफूखुशी गैरहाजिर भएको मुख्यालयले जनाएको छ ।

टिप्पणीहरू