सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिक अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिक अदलीबदली

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ । राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेसन्स् मल्टीडाइमेसनल ईन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक’ मा तैनाथ हुन नेपाली सेनाको एघारौं डफ्फा मिसन त्यहाँ पुगेको हो । 

गएराति इलाकातर्फ प्रस्थान गरेको नेपाली शान्ति सैनिकको ७१ सदस्यीय टोली आज त्यहाँ पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दशौं डफ्फाका सैनिकहरु पनि स्वदेश फिर्ता भइसकेका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार दुई सय ३९ जना सैनिक कार्यरत छन् ।

टिप्पणीहरू