डिभोर्सअघि डाक्टरले श्रीमतीलाई अनेक यातना दिएको खुलासा

डिभोर्सअघि डाक्टरले श्रीमतीलाई अनेक यातना दिएको खुलासा लेखजंग थापाले सार्वजनिक गरेको डिभोर्सको ब्लर पत्र र नुमा शर्माको फिराद पत्र ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. लेखजंग थापाको व्यक्तिगत जीवन यतिखेर विवादको केन्द्रबिन्दुमा छ । थापाले कान्छी श्रीमती नुमा शर्मालाई शारिरिक र मानसिक यातना दिँदै डिभोर्सका लागि बाध्य पारेको खुलासा भएको छ । 

शर्माका थापाले घरेलु हिंसा मात्र गरेएका थिएनन् छोराको पालनपोषण र घर व्यवस्थामा समेत दुरुपयोग गरेको आरोप लगाएकी थिइन् । ‘उहाँले शारिरिक र मानसिक यातना दिइ बाध्य भई स्वतन्त्र बस्नुपर्यो,’ शर्माले अदालतमा पेश गरेको फिरादपत्रमा लेखजंगले पारिवारिक जिम्मेवारी कहिल्यै ननिभाएको उल्लेख छ।

नुमा शर्माले जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्र ।

नियमानुसार सम्बन्ध विच्छेद गर्दा सम्पत्ति पाउने व्यवस्था भए पनि नुमाले कुनै सम्पत्ति नपाएको बताएकी छन् । छोराको पालनपोषण, शिक्षा र उसको अधिकार लेखजंगकै जिम्मामा रहेको भनेपछि उनी उक्त सुविधाबाट वञ्चित भएकी हुन् ।

अर्कोतर्फ बहुविवाहको आरोपपछि थापाले सामाजिक सञ्जालमा अदालती कागजात सार्वजनिक गर्दै आफूले कुनै गैरकानुनी सम्बन्ध नराखेको दावी गरेका छन् । तर फिराद पत्रमा आफू अनुकूल वाक्य मात्र देखाएर बाँकी भागलाई मधुरो (ब्लर) गरेका छन्।

लेखजंग थापाले फेसबुकमा ब्लर गरेर राखेको अदालतको पत्र ।

स्रोतका अनुसार, ‘वास्तविकता कसैलाई थाहा नहोस् भनेर पत्र ब्लर गरेर सार्वजनिक गरिएको हो ।’ मुद्दा नम्बर ०७९-सिपी-१४११ रहेकोमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश उमेर कोइरालाको इजलासबाट २०७९ माघ १५ गते लेखजंग र नुमाबीच डिभोर्स भएको हो । लेखजंगले पहिलाे श्रीमतीसँग डिभाेर्स गरेर मात्र दाेश्राे विहे गरेकाे दावी गरे पनि नुमासँगकाे डिभाेर्स पत्रले भने बहुविवाहकाे विषयलाई नै थप उजागर गरेकाे देखिन्छ ।

टिप्पणीहरू