कमल थापाको तर्फबाट रुपन्देहीमा कालु पक्का

कमल थापाको तर्फबाट रुपन्देहीमा कालु पक्का

रुपन्देही क्षेत्र नम्बर ३ काे उपनिर्वाचनमा कमल थापाको राप्रपा नेपालले अर्जुन थापा ‘कालु’लाई अघि सारेको छ । 

जिल्ला कार्यसमितिको सिफारिसबमोजिम पार्टीको 'लुम्बिनी विकास क्षेत्र समन्वय समिति' ले थापालाई उम्मेदवारको रूपमा केन्द्रमा आज एकल सिफारिस गरेको हो । सिंगल नाम सिफारिस भएकाले उनले टिकट पाउने पक्का भएको छ ।  

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारीबारे निर्णय गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।

टिप्पणीहरू