अनशन बस्न गएका डाक्टर अस्पताल भर्ना

अनशन बस्न गएका डाक्टर अस्पताल भर्ना

आफूलाई चिकित्सा शिक्षा सुधारको अभियन्ता भन्दै आएका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । कैलालीस्थित गेटा मेडिकल कलेजमा आइतबारदेखि सत्याग्रह थालेका उनले आज अनशन तोडेसँगै अस्पतालमा भर्ना गरिएको हो ।

चिकित्सा शिक्षा आयोगले गरेको एमबीबीएसमा सिट संख्या थप्ने निर्णय फिर्ता लिनुपर्ने, गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्ने तथा इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्नेलगायत चार बुँदे मागसहित केसीले अनशन सुरु गरेका थिए ।

तर, उनले आज गेटामा उपचार गराउन आएका एक वृद्धको हातबाट जुस पिएर अनशन तोडेको र लगत्तै उनलाई गेटामै भर्ना गरिएको बताइएको छ । उनका सहयोगी अमृत जैसीका अनुसार केसीको शरीरमा ग्लुकोजको कमी देखिएको छ ।

ग्लुकोजको कमीले केसीलाई रिंगटा लाग्नेदेखि मांशपेशी काँप्नेसम्मको समस्या भएको थियो । उनलाई केही दिन अस्पतालमै राखेर डिस्चार्ज गरिने बताइएको छ ।

टिप्पणीहरू