भारतीय प्रधानन्यायाधीश भोलि लुम्बिनी जाँदै
नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानन्यायाधीशले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ । हिजो अपरान्ह नयाँ दिल्लीबाट काठमाडौं ओर्लनुभएका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवई आज बिहान पशुपति दर्शनपछि बौद्धनाथ पुग्नुभएको थियोे ।
दिउँसो होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा सहभागी ८ सदस्यीय उहाँको टोली साँझ ६ बजे स्वयम्भू गयो भने हिजो साँझ साढे ७ बजे लैनचौरस्थित भारतीय दूतावासको स्वागत समारोहमा सामेल भएको थियोे ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निमन्त्रणामा आउनुभएका गवई भोलि लुम्बिनी जाने र पर्सि आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू