ठूलो संख्यामा उपप्राध्यापक नियुक्त गर्दै त्रिवि

ठूलो संख्यामा उपप्राध्यापक नियुक्त गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उपप्राध्यापक नियुक्त गर्न लागेको छ । त्रिवि सेवा आयोगले विभिन्न ४७ वटा विषयमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी झण्डै साढे पाँच सय उपप्राध्यापकका लागि दरखास्त खुलाएको हो । 

व्यवस्थापन विषयमा सबैभन्दा बढी ९१ जना आवश्यक रहेको सूचनामा जनाइएको छ । कानूनमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेशनमा १२, नेपाली शिक्षामा दशसहित पत्रकारिता, चित्रकला, गृहविज्ञान, तबला, बौद्ध अध्ययन, भुगोल, मूर्तिकला, मैथिली, संस्कृति, शिक्षाको आधार, सामाजिक अध्ययन, स्वास्थ्य शिक्षा, सूचना प्रविधि शिक्षालगायत विविध विषयमा गरी पाँच सय ३८ जना मागिएको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले यही भदौ २९ गतेदेखि कात्तिक १२ गतेसम्म त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर कात्तिक १९ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । 

यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको जनाइएको छ ।

टिप्पणीहरू