दुई दर्जनको ज्यान गएपछि गृहमन्त्रीलाई नैतिकता बोध

दुई दर्जनको ज्यान गएपछि गृहमन्त्रीलाई नैतिकता बोध

गृहमन्त्री रमेश लेखकले पद छोडेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी क्याविनेट बैठकमा उनले राजीनामा दिएको बताइएको छ । 

काठमाडौँसहित देशका मुख्य शहरमा आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा १९ जनाको ज्यान जानुका साथै सयौं घाइते भएका छन् । 

यो घटनाको आफूले नैतिक जिम्मेवारी लिने जानकारी गराएर पार्टी बैठकबाट गृहमन्त्री लेखक बालुवाटार पुगेका हुन्।

टिप्पणीहरू