ट्राफिक लाइट र ट्राफिक पोष्ट ध्वस्त पारेपछि वीरगञ्जमा कर्फ्यू

ट्राफिक लाइट र ट्राफिक पोष्ट ध्वस्त पारेपछि वीरगञ्जमा कर्फ्यू

वीरगञ्जमा राति ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म कर्फ्यू लगाइएको छ । स्थानीय घण्टाघर चोकमा पौने ८ बजेदेखि एउटा समूहले तोडफोड गरेपछि सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश गरिएको जनाएको छ ।

झण्डै डेढ सयजना आन्दोलनकारीले ट्राफिक लाइट र ट्राफिक पोस्ट तोडफोड गरेका  थिए । उनीहरू त्यसपछि झन् उग्र रूपमा प्रस्तुत भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

वीरगञ्जको उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेट, पश्चिममा सिर्सिया पुल र पूर्वमा बाइपास रोडभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

टिप्पणीहरू