अत्यावश्यक काममा मात्रै बाहिर निस्कन सेनाको आग्रह

अत्यावश्यक काममा मात्रै बाहिर निस्कन सेनाको आग्रह

गएरातिदेखि गस्तीमा निस्केको सेनाले सर्वसाधारणलाई अत्यावश्यक काममा मात्रै बाहिर निस्कन आग्रह गरेको छ । जेन–जी आन्दोलनका क्रममा हिजो भएका आगलागीका घटनापछि राति १० बजेदेखि सेनाको कमाण्डमा अन्य सुरक्षा निकायहरू परिचालित भएका हुन् ।

सेनाले राजधानीका घर बाहिर निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ । तर आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिएको छ ।

बिहानदेखि हिजो आगो लगाइएका अधिकांश सरकारी भवनमा सेनासँगै सुरक्षाकर्मी परिचालित भएका छन् ।

टिप्पणीहरू